केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु

सहयात्रा टिभी

काठमाडौँ । वैशाख २३, कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ ।

कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नं.को यात्रुबाहक कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए ।

उनका अनुसार बस दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 5 May, 2024

प्रतिक्रिया दिनुहोस्