केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाग्लुङको बडिगाड गाउँपालिकाले ग्रीन हाइड्रोजन उत्पादन प्रक्रिया सुरु

सहयात्रा टिभी

काठमाडौं । वैशाख २६, बाग्लुङको बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा अर्थात् ग्रीन हाइड्रोजन  उत्पादन प्रक्रिया सुरु गर्ने भएको छ ।

नेपाल इनर्जी फाउन्डेशन, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलगायत संस्थाहरूसँग सहकार्य गरेर ग्रीन हाइड्रोजन उत्पादन गर्ने प्रक्रिया अघि बढाएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।

वडा नम्बर २ मा रहेको गिरिङ्दी खोला लघु जलविद्युत् आयोजनामा हाइड्रोजन प्लान्ट स्थापना गर्ने गाउँपालिकाको लक्ष्य छ । ग्रीन हाइड्रोजन खासगरी खाना पकाउनका लागि उपयोग गर्ने तयारी रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

सन् २०२४ भित्रै हाइड्रोजन प्लान्ट निर्माण स्थापना गर्ने गरी काम अघि बढाएको अध्यक्ष अधिकारीको भनाइ छ । गाउँपालिकाले हाइड्रोजन उत्पादन गर्ने लक्ष्यका साथ हिजो वडा नम्बर २ खर्बाङमा हाइड्रोजनद्वारा खाना पकाउने प्रविधिको नमुना प्रदर्शन गरेको छ ।

 

प्रकाशित : 8 May, 2024

प्रतिक्रिया दिनुहोस्