केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाँच पटक च्याम्पियन बनेको मुम्बई आईपीएलमा दुई खेल अगावै बाहिरियो

सहयात्रा टिभी

काठमाडौं । वैशाख २७, अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको पाँच पटक च्याम्पियन बनेको मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दुई खेल अगावै उपाधि दौडबाट बाहिरिएको छ ।

बुधबार राति सनराइजर्स हैदराबादले लखनऊ सुपर जायन्ट्सलाई १० विकेटले हराएसँगै मुम्बई आधिकारिक रूपमा प्लेअफ दौडबाट बाहिरिने यस सिजनको पहिलो टोली बनेको छ ।

मुम्बई १२ खेलमा ४ मा जित र ७ मा हारसहित ८ अंकका साथ नवौं स्थानमा छ । मुम्बईले अब शनिबार कोलकाता र अर्को शुक्रबार लखनऊसँग खेल्नेछ ।

दुवै खेलमा विजयी हुँदा मुम्बई १२ अंकमा पुग्न मात्रै सक्छ । कम्तिमा चार टोली १४ अंकभन्दा माथि हुने पक्का हुँदा मुम्बई बाहिरिएको हो ।

 

प्रकाशित : 9 May, 2024

प्रतिक्रिया दिनुहोस्