केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बालमन्दिर जग्गा प्रकरणमा मृत्यु भइसकेकालाई पनि पक्राउ पुर्जी जारी

सहयात्रा टिभी

काठमाडौं । वैशाख २७, नक्सालस्थित नेपाल बाल संगठनको जग्गा अनियमित रुपमा लिजमा दिएर ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका २० जनामध्ये केहीको मृत्यु भइसकेको खुलेको छ ।

पक्राउ पूर्जी जारी भएकामध्ये वृहस्पति विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष चिरञ्जिवी तिवारीसहितका व्यक्तिहरु छन् । कांग्रेस नेता समेत रहेका तिवारीको १९ माघ २०७३ मा क्यान्सर रोगका कारण निधन भएको थियो ।

उनी नेपाल विद्यार्थी संघका संस्थापक सदस्य समेत थिए । नेपाल बाल संगठनका कर्मचारीहरुका अनुसार, बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र तत्कालीन उपमहासचिव सुमन शाक्यको पनि निधन भइसकेको छ ।

संगठनले जग्गामा भएको ठगीबारे अनुसन्धान गरिदिन भन्दै बुधबार किटानी जाहेरी दिएपछि प्रहरीले २० जनालाई पक्राउ गर्न अनुमति लिएको छ । त्यसमा रीता सिंहसहितका व्यक्तिहरु छन् ।

ब्यूरोका एसपी होविन्द्र बोगटी भने तत्काल उपलब्ध कागजातहरुका आधारमा पक्राउ अनुमति लिइएको बताउँछन् ।

२०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो ।

सीआईबीको अनुसन्धानमा समेत जग्गा दुरुपयोग गरिएको खुले पनि औपचारिक रूपमा जाहेरी नपरेकाले मुद्दा प्रक्रिया अघि बढेको थिएन ।

 

प्रकाशित : 9 May, 2024

प्रतिक्रिया दिनुहोस्