केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाललाई विश्व वन्यजन्तु कोषबाट १ अर्ब २० करोड अनुदान

सहयात्रा टिभी

काठमाडौं । वैशाख २८, विश्व वन्यजन्तु कोषबाट नेपाललाई १ अर्ब २० करोड रुपैयाँ (९० लाख २४ हजार ३१२ डलर) अनुदान प्राप्त हुने भएको छ ।

 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो रकम बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

विश्व वातावरण सुविधा वापतको सो रकम नेपालले कोषमार्फत प्राप्त गर्न लागेको बताइएको छ ।

बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन अनुसार विभिन्न स्थानमा घाटगद्दीमा रहेको १ लाख ७३ हजार ७१ केजी रक्तचन्दन काठ उत्पत्ति मुलुकमा फिर्ता लैजाने निर्णय समेत गरेको छ ।

 

प्रकाशित : 10 May, 2024

प्रतिक्रिया दिनुहोस्