केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एएफसीले दशरथ रंगशालाको मैदानमाथि फेरि उठायो प्रश्न, नेपाल र युएईबीचको खेल नहुने

सहयात्रा टिभी

काठमाडौं । वैशाख ३१, फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएईसँगको खेल दशरथ रंगशालामा नहुने भएको छ । समूह बी मा रहेको नेपालले आगामी जेठ २४ गते घरेलु मैदानमा युएईसँग खेल्ने तालिका छ ।

तर एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको मैदानमाथि प्रश्न उठाउँदै घरेलु मैदानमा खेल नहुने जानकारी दिएको एन्फा स्रोतले जानकारी दिएको छ । एएफसीका प्रतिनिधिले केही समयअघि काठमाडौं आएर दशरथ रंगशालामा निरीक्षण गरेका थिए ।

त्यतिबेला उनीहरुले मैदानको पिचको कन्डिसन, फ्लडलाइट र सुरक्षा व्यवस्थाबारे जिज्ञासा राखेका थिए । यसअघि पनि नेपालले गत चैतमा बहराइनविरुद्ध खेल्नुपर्ने विश्वकप छनोटकै खेल पनि दशरथ रंगशाला मैदानकै कमजोरीका कारण बहराइनमै गएर होम म्याच खेलेको थियो ।

रंगशाला एएफसीको मापदण्ड अनुसार नभएपछि एएफसीले न्युट्रल भेन्यू खोज्न एन्फालाई भनेको छ । तोकिएको समयसीमाभित्र न्युट्रल भेन्यू नभए नेपालले यूएईसँगको होम म्याच गुमाउने छ भने नयाँ भेन्यू एएफसीले नै खोज्नेछ ।

प्रकाशित : 13 May, 2024

प्रतिक्रिया दिनुहोस्