कोशी प्रदेश सभा बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी

सहयात्रा टिभी

काठमाडौं । वैशाख ३१, मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत लिनका लागि बिहान ११ बजे बस्ने भनिएको कोशी प्रदेश सभाको बैठक अझै सुरु हुन सकेको छैन ।

नेपाली कांग्रेस आन्तरिक छलफलमा रहेपछि बैठक सुरु हुन नसकेको हो । सरकारको वैधतामा प्रश्न उठाउँदै अदालतमा मुद्दा विचाराधीन रहेको बेला विश्वासको मत लिन लागेको भन्दै कांग्रेस असन्तुष्ट छ ।

आजको प्रदेश सभा बैठकमा कांग्रेसले संविधान, कानुन र अदालतमा विचाराधीन मुद्दाका विषयमा सभामुखको ध्यानाकर्षण गराउने जनाएको छ । यदि त्यसको बेवास्ता गरे प्रदेश सभा बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी छ ।

 

 

 

 

 

प्रकाशित : 13 May, 2024

प्रतिक्रिया दिनुहोस्