कोशीमा कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको बैठक सुरु

सहयात्रा टिभी

काठमाडौं । वैशाख ३१, कोशी प्रदेश सभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको बैठक सुरु भएको हो ।

मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा कांग्रेस भने अनुपस्थित भएको छ । यतिबेला कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । नेपाली कांग्रेसका सांसद भीम पराजुलीले आजको बैठक बहिष्कार गरिने बताए ।

सभामुखले कांग्रेसको उपस्थित विनै प्रदेश सभा बैठक अगाडि बढाएका छन् ।

प्रकाशित : 13 May, 2024

प्रतिक्रिया दिनुहोस्