लोसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव बीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । वैशाख ३१, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

महन्थलाई भेट्न उपेन्द्र सोमबार लोसपा कार्यालय पुगेका थिए । उनले मधेश सरकारमा सहकार्यका लागि सहयोग मागेका लोसपाका एक नेताले बताएका छन् ।

तर महन्थले भने भर्खरै प्रस्ताव आएको र यस विषयमा सल्लाह गरौंला भन्ने जवाफ दिएका छन् ।

आइतबार नेकपा एमाले र माओवादी केन्द्रले सरकार छाडेपछि मधेश प्रदेशमा जसपा नेपालका नेता मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।

 

 

 

प्रकाशित : 13 May, 2024

प्रतिक्रिया दिनुहोस्