मुम्बईमा विशाल होर्डिङ बोर्ड खसेर च्यापिँदा १४ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । जेठ १, भारतको मुम्बईमा आँधी र वर्षाका कारण एक विशाल होर्डिङ बोर्ड खस्दा च्यापिँदा १४ जनाको मृत्यु भएको छ ।

मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक पट्रोल पम्पसँगै राखिएको विशाल होर्डिङ बोर्ड सोमबार अपराह्न खसेको थियो ।

समाचार एजेन्सी एएनआईले घटनामा परी १४ जनाको मृत्यु भएको र ७४ जनालाई जीवितै उद्धार गरिएको जनाएको छ ।

१५ हजार वर्ग फिट ठूलो उक्त होर्डिङ बोर्डको नाम लिम्का अफ रेकर्डसमासमेत लेखिएको थियो । उद्यपि उक्त होर्डिङ बोर्ड सम्बन्धित निकायको अनुमति बिना राखिएको भारतीय अधिकारीहरुले बताएका छन् ।

यो होर्डिङ बोर्ड पेट्रोल पम्पमाथि खसेको थियो । त्यहाँ हुरीबतास र वर्षाका कारण मानिसहरु ओत लागेका थिए । घटनास्थलमा गएराति अबेरसम्म उद्धारकार्य जारी थियो ।

सोमबार साँझ मुख्यमन्त्री एकनाथ सिन्देले घटनास्थलको निरीक्षण गरेका थिए । उनले मृतकका परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

प्रकाशित : 14 May, 2024

प्रतिक्रिया दिनुहोस्