बिहारका पूर्व उपमुख्यमन्त्री मोदीको निधन
सहयात्रा टिभी
काठमाडौं । जेठ १, भारतको बिहार राज्यका पूर्व उपमुख्यमन्त्री एवम् भारतीय जनता पार्टीका वरिष्ठ नेता सुशील कुमार मोदीको निधन भएको छ । ७२ वर्षीय मोदी पछिल्लो समय उनी क्यान्सरसँग लडिरहेका थिए । बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले ट्वीटर (एक्स)मा उनलाई श्रद्धाञ्जली दिएका छन् ।
केही दिन अगाडि मात्र मोदीले ट्वीटर गर्दै आफू क्यान्सरसँग ६ महिनादेखि लडिरहेकाले लोकसभा चुनावका लागि धेरै काम गर्न नसक्ने बताएका थिए । सन् १९७१ बाट विद्यार्थी राजनीति हुँदै उनी भारतको राजनीतिमा प्रवेश गरेका थिए । २०१७ उनी बिहारको उपमुख्यमन्त्री बनेका थिए ।