सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक सुरु

सहयात्रा टिभी

काठमाडौं । जेठ १, कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको बैठक सुरु भएको छ ।

सोमबार दिउँसो तय भएको बैठक स्थगित भएको थियो । संसदमा सिर्जना भएको घटनाक्रमबारे थप छलफल गर्नका लागि बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । सरकार समिति गठन गर्न तयार नभएपछि संसद प्रभावकारी रुपमा सञ्चालन हुन पाएको छैन ।

 

 

 

प्रकाशित : 14 May, 2024

प्रतिक्रिया दिनुहोस्