सरकारद्धारा १६औं पञ्चवर्षीय योजना पारित

सहयात्रा टिभी

काठमाडौं । जेठ १, सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६औं पञ्चवर्षीय योजना पारित गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विभिन्न चरणमा छलफल भएर १६औं योजना पारित गरेको जानकारी दिइन् ।

आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पनि पारित गरेको छ ।

सरकारको तर्फबाट आज दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

 

प्रकाशित : 14 May, 2024

प्रतिक्रिया दिनुहोस्