शेयर बजार दोहोरो अङ्कले बृद्धि

सहयात्रा टिभी

काठमाडौं । जेठ ८, शेयर बजार लगातार तेस्रो दिन दोहोरो अङ्कले बृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९४ अङ्कले बढेर दुई हजार एक सय १५ दशमलव ९४ विन्दुमा पुगेको छ ।

आज विकास बैंक र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, माइक्रोफाइनान्स, हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

दोहोरो अङ्कले बजार बढेको दिन तीन सय १७ वटा कम्पनीका एक करोड ३२ लाख कित्ता शेयर पाँच अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीको २४ करोड रुपैयाँ बराबरको शेयर खरिदरबिक्री भयो ।

 

प्रकाशित : 21 May, 2024

प्रतिक्रिया दिनुहोस्