चौथो दिन पनि शेयर दोहोरो अङ्कले बढ्यो

सहयात्रा टिभी

काठमाडौ‌ं । जेठ ९, शेयर बजार लगातार चौथो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ५४ अङ्कले बढेर दुई हजार एक सय ३१ दशमलव ४९ विन्दुमा पुगेको छ ।

आज सामुदायिक लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मानुषी लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ ।

बजार बढेको दिन तीन सय १८ वटा कम्पनीका एक करोड ४४ लाख कित्ता शेयर पाँच अर्ब ६८ करोड रुपैयाँमा कारोबार भएको छ । आज नेरुडे मिर्मिरे लघुवित्त कम्पनीको २४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

 

प्रकाशित : 22 May, 2024

प्रतिक्रिया दिनुहोस्