केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नारा लगाउने भन्दा ताली बजाउनुपर्ने नीति तथा कार्यक्रम रहेको छ: उपाध्यक्ष पौडेल

सहयात्रा टिभी

काठमाडौं । जेठ १३, आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रम माथि छलफलमा भाग लिँदै नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रतिपक्षका दलहरूलाई वेल घेरेर नारा लगाउनको सट्टा ताली बजाउनुपर्ने नीति कार्यक्रम रहेको बताएका छन् ।

 

नीति कार्यक्रमले दिगो विकास लक्ष्य पछ्याएको भन्दै निराशा चिरेर आशा जगाउने गरी नीति कार्यक्रम आएको बताए । उनले करदाताको व्यावसायिक लागत घटाउने गरी कर प्रणाली नीति कार्यक्रममा उल्लेख भएको बताए ।

‘आन्तरिक ऋण पूँजी निर्माण गर्न लिने र उत्पादन वृद्धिका लागि लिने दृष्टिकोण सारेको छ । पूँजीबजार, बैंक, वित्तीय संस्थाको समस्या समाधान गर्न नीति कार्यक्रमले समेटेको छ,’ पौडेलले भने, ‘सहकारीको स्थायी रूपमा समस्या समाधान गर्ने नियामक निकाय बनाएर काम गर्ने पनि नीति कार्यक्रममा छ ।’

आगामी आवभित्र नेपालको ‘कन्ट्री रेटिङ’ सकाउने योजना लिएको उपाध्यक्ष पौडेलले बताए । सरकारले ल्याएको नीति कार्यक्रममा २०८३ भित्र काठमाडौं–निजगढ द्रुतमार्ग सम्पन्न गर्ने संकल्प गरेको उनले बताए । नेपालको आफ्नै भूउपग्रह हुनेसमेत उनले उल्लेख गरे ।

प्रकाशित : 26 May, 2024

प्रतिक्रिया दिनुहोस्