बागमतीको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

सहयात्रा टिभी

हेटौंडा । जेठ १४, बागमती प्रदेशस सरकारको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदैछ । आज दिउँसो ३ बजे प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रममार्फत नयाँ बजेटको रुपरेखा र प्राथमिकताको विषय आउने छ । प्रदेश सरकारले आउँदो असार १ गते बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : 27 May, 2024

प्रतिक्रिया दिनुहोस्