पूर्वराष्ट्रपति भण्डारी ९ वर्षपछि एमाले कार्यक्रमको प्रमुख अतिथि

काठमाडौ । जेठ १६, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नौ वर्षपछि नेकपा एमालेको औपचारिक कार्यक्रममा सहभागी भएकी छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल कमलादीमा बुधबार सुरु एमालेको महिला भेलामा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि बनेकी छन् ।
भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली विशेष वक्ताका रुपमा सहभागी भए । अध्यक्ष निर्वाचित भएपछि एमालेकै कार्यक्रममा ओली विशेष अतिथि बन्नु परेको संभवतः यो पहिलो कार्यक्रम हो ।
भेलाको आयोजना एमाले जनसंगठन समन्वय संयन्त्रले गरेको हो । भानुभक्त ढकाल इन्चार्ज रहेको यो संयन्त्रले एमालेका २३ वटै जनसंगठनहरुको समन्वय र नेतृत्व गर्छ । भेलामा पनि २३ वटै जनसंगठनका महिला नेताहरुलाई बोलाइएको छ ।
२०७४ सालको चुनावपछि पनि राष्ट्रपति निर्वाचित भण्डारी सात वर्षपछि शितलनिवासबाट बाहिरिएकी थिइन् । शितलनिवासबाट बाहिरिएपछि उनी पार्टीको सक्रिय राजनीतिमा फर्कनेबारे आँकलन गरिदै आएको छ ।