कान्तिपुर सेभिङ एन्ड क्रेडिटका अध्यक्ष सीबी लामा पक्राउ

सहयात्रा टिभी

काठमाडौं । जेठ १८, कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई भारतीय सीमा छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी अहिले पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष समेत हुन । उनले कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ ।

 

 

 

यो पनि पढ्नुहोस

प्रकाशित : 31 May, 2024

प्रतिक्रिया दिनुहोस्