काठमाडौं महानगरले भत्काएको फुटपाथ डिभिजन सडकले कालोपत्रे गर्न थाले

सहयात्रा टिभी

काठमाडौं । जेठ २१, फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेको छ ।

भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि कार्यालय आफैंले कालोपत्रे गर्न थालेको हो । जवाफमा डिभिजन सडकले महानगरले काटेको पीच आफैं टाल्न भन्दै पत्र पठाएको थियो ।

काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेको थियो ।

त्यसक्रममा कार्यालयले महानगरको निर्माण सामग्रीसमेत नियन्त्रणमा लिएको थियो । सोहि दिन दिउँसो कठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएपछि महानगर र सडक विभागबीच केही दिन नोंकझोंक नै चल्यो । त्यतिबेला बालेनले चक्रपथको प्रसंग जोडेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई प्रश्न उठाएका थिए ।

सडक कार्यालयले आफैं पिच गर्न थालेपछि मेयर बालेन शाह फेरि आक्रोसित भएका छन् । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टीस्टेटसँग जोडेर आक्रोस पोखेका छन् ।

 

 

प्रकाशित : 3 June, 2024

प्रतिक्रिया दिनुहोस्