भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अग्रता लिए
सहयात्रा टिभी
काठमाडौं । जेठ २२, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अग्रता लिएका छन्। मंगलबार भारतमा भइरहेको मतगणनामा नरेन्द्र मोदीले अग्रता लिएका हुन्।
वाराणसीमा साढे १० बजेको अपडेट अनुसार उनले ५८०३७ मत पाएका छन्। उनका प्रतिस्पर्धी भारतीय कंग्रेस आइका उम्मेदवार अजय रायले ४४ हजार ३९९ मत पाएका हुन्।
यसअघि मोदी साढे दुई घण्टा पछि परेका थिए। अहिले मोदी १६ हजार बढी मतले अग्रता लिएका छन्।
यहाँ उनी सन् २०१४ देखि निर्वाचित हुँदै आएका छन्। सन् २०१९ मा यहाँ मोदीले ६ लाख ७४ हजार भन्दा बढी मत पाएका थिए।
यता विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले पनि केलरको वायनाड र उत्तर प्रदेशको रायबरेलीमा अग्रता लिइरहेका छन्।