मनी लाउन्डरिङ सम्बन्धी पञ्चवर्षीय रणनीति तयार

सहयात्रा टिभी

काठमाडौं । जेठ २३, सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्न पञ्चवर्षीय रणनीति बनाएको छ ।

अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको छ । अब मन्त्रिपरिषद्‍ले अनुमोदन गरेसँगै रणनीति कार्यान्वयनमा आउने छ ।

समितिमा कानुनमन्त्री पदम गिरी मुख्यसचिव बैकुण्ठ अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, महान्यायाधिवक्ता दिनमणि पोखरेल सदस्य छन् ।

निर्देशक समिति अन्तर्गतको समन्वय समितिका संयोजक एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी कानुन हेर्ने सचिव लिला गर्तौला र निर्देशक समितिका सदस्यसचिव एवम् अर्थ मन्त्रालयका सचिव (राजस्व) डा. रामप्रसाद घिमिरे समेत यस बैठकमा सहभागी थिए ।

यो रणनीति आर्थिक वर्ष ०८१/८२ बाट कार्यान्वयनमा ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

रणनीतिले मुलुकको वित्तीय प्रणाली र समग्र अर्थतन्त्रलाई वित्तीय अपराधको जोखिमबाट संरक्षण गरी स्थायित्व प्रदान गर्ने विषयलाई जोड दिएको अर्थ मन्त्रालयका सहसचिव एवम् आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्यले जानकारी दिए ।

 

प्रकाशित : 5 June, 2024

प्रतिक्रिया दिनुहोस्