शेयर बजार आज सामान्य घट्यो
सहयात्रा टिभी
काठमाडौं । जेठ २३, शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्सेसँगै कारोबार रकम पनि सामान्य घटेको छ ।
आज ५ दशमलव ५८ अङ्कले घटेर २ हजार ७९ दशमलव ७१ विन्दुमा झरेको छ ।अघिल्लो दिन ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९९ करोडमा झरेको छ ।
आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।