केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मधेशमा जनमतका सतिश सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दावी पेश

सहयात्रा टिभी

काठमाडौं । जेठ २४, मधेश प्रदेशमा जनमत पार्टीका सतिश कुमार सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ६ दलले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दावी पेश गरेका छन् ।

जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव विश्वासको मत गुमाएपछि बिहीवार पदमुक्त भएका थिए । सोही राति प्रदेश प्रमुख भण्डारीले शुक्रवार विहान १० बजेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेकी थिइन् ।

आज नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले ५५ सांसदको हस्ताक्षरसहित जनमतका सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न दावी पेश गरेका छन् ।

प्रदेश प्रमुख भण्डारीले आजै मुख्यमन्त्रीमा सिंहलाई नियुक्त गरी पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी गरेकी छन् ।

प्रकाशित : 7 June, 2024

प्रतिक्रिया दिनुहोस्