मोदीको शपथमा जाने प्रधानमन्त्रीको टोली तय

काठमाडौं । जेठ २६, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहित ५ जना सहभागी हुने भएका छन् ।
मन्त्रिपरिषद्ले शनिबार बिहान भारत जाने टोलीको नाम तय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले बताए ।
प्रधानमन्त्री दाहालकोसाथमा कानुनमन्त्री गिरी, परराष्ट्र सचिव सेवा लम्साल, दाहालकी स्वकीय सचिव गंगा दाहाल र शिष्टाचार महापाल सहभागी हुनेछन् । मोदीको शपथ आइतबार हुँदैछ ।