केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्से परिसूचक ३३ अंकले वृद्धि

सहयात्रा टिभी

काठमाडौं । जेठ २९, सेयर बजर परिसूचक नेप्से लगातार दोस्रो दिन पनि वृद्धि भएको छ ।

साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ३३.१५ (१.५९ प्रतिशत) ले वृद्धि भएर २११५.२४ को बिन्दुमा बन्द भएको छ ।

बैंकिङ उपसूचकले पनि साथ दिँदा मंगलबार नेप्सेमा १ प्रतिशतभन्दा माथिको वृद्धि देखिएको हो । मंगलबार हाइड्रोपावर उपसूचक सर्वाधिक २.५८ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक २.४० प्रतिशत, निर्जीवन बीमा उपसूचक २.१९ प्रतिशत, वित्त कम्पनी उपसूचक २.१६ प्रतिशत, व्यापार उपसूचक २.१२ प्रतिशत र बैंकिङ उपसूचक १.७३ प्रतिशतले बढेको छ ।

यसतै अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको हो ।

 

 

प्रकाशित : 11 June, 2024

प्रतिक्रिया दिनुहोस्