महानगरको श्रम बैङ्कमा परे ४ हजार ७ सयभन्दा धेरैको आवेदन

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, काठमाण्डौ महानगरपालिकाको श्रम बैङ्कमा चार हजार सात सय ७० जनाको आवेदन परेको छ ।

महानगरले गएको भदौमा सीप भएका तर बेरोजगार जनशक्तिलाई श्रम बैङ्कमा आबद्ध हुन माग गरेको सूचनाअनुसार आवेदन प्राप्त भएका महानगरको श्रम बैङ्कका फोकल पर्सन पवनकुमार ठाकुरले जानकारी दिनुभयो ।

महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैङ्क सञ्चालन गर्ने नीति लिएको थियो । त्यसअनुसार महानगरले आवेदन माग गरेको थियो ।

यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, शहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्ने जनशक्तिको सूचीकरण हुनेछ ।

 

प्रकाशित : 12 June, 2024

प्रतिक्रिया दिनुहोस्