बागमती प्रदेशको बजेटमा मुख्यमन्त्री जम्मरकट्टेलद्धारा असन्तुष्टि

सहयात्रा टिभी

काठमाडौं । असार २, शनिबार सार्वजनिक बागमती प्रदेशको बजेटका विषयमा मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले नै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रदेश मन्त्रिपरिषद्ले पारित गरेर संसदमा पेश गरेको बजेटमा मुख्यमन्त्री जम्मरकट्टेलले असन्तुष्टि जनाएका हुन् । बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्रका जम्मरकट्टेल छन् भने अर्थमन्त्री एमालेका जगन्नाथ थपलिया छन् ।

अर्थमन्त्री जगन्नाथ थपलियाले पारित बजेट सिलिङभन्दा १ अर्ब ६४ करोड रुपैयाँ थपेको तथा कार्यक्रम नै फेरबदल गरेको मुख्यमन्त्री जमरकट्टेलको आरोप छ ।

 

तर बागमती प्रदेशमा प्रदेश नीति तथा योजना आयोगले सिलिङ तोक्ने र त्यसअनुसार बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था नरहेको आयोगका उपाध्यक्ष प्राडा नरविक्रम थापाले बताए ।

प्रकाशित : 16 June, 2024

प्रतिक्रिया दिनुहोस्