म्याग्दीमा वर्षा नभएपछि खडेरीका कारण बारीमै सुके मकै

सहयात्रा टिभी

काठमाडौं । असार २,  असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन् ।

 

मकै लगाउने समय (फागुन, चैत) मा पनि वर्षा नभएकाले ढिलो गरी बारीमा मकै रोपेका म्याग्दीका किसान असार लागिसक्दा पनि राम्रोसँग वर्षा नभएपछि चिन्तित छन् । ‘बारीका मकै नपसाउँदै सुक्न थालेका छन्, खेतमा राखेको धानको ब्याड पनि सुक्दै जान थालेको छ’, मालिका गाउँपालिका–४ का हिमबहादुर बिकले भने ।

हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन नभएको मालिका–२ का किसान टेकबहादुर बिकले बताए । ‘

उनका अनुसार वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन भएन ।

लामो समयदेखि पानी परेको छैन । मौसम तातिरहेको र गर्मीले अलासतलास बनाइरहेकाले जनजीवन प्रभावित बनेको यहाँका किसानको भनाइ रहेको छ । छ ।

जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयको भनाइ छ ।

बालीनाली सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । अर्कोतर्फ पानीको वैकल्पिक स्रोतसमेत खडेरीका कारण सुकेपछि धमाधम रोपाइँ हुनुपर्ने लेकाली क्षेत्रमा रोपाइँ हुन सकेको छैन ।

 

 

प्रकाशित : 16 June, 2024

प्रतिक्रिया दिनुहोस्