केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दार्जिलिङमा रेल दुर्घटना हुँदा ८ को ज्यान गयो ५० जना घाइते

सहयात्रा टिभी

काठमाडौँ । असार ३, भारतको दार्जिलिङमा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँदा कम्तीमा आठ जनाको ज्यान गएको छ । दुर्घटनामा अरू ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

कोलकाताको सियालदहतर्फ गुडिरहेको कञ्चनजङ्घा एक्सप्रेस र न्यु जलपाईगुडीतिर गुड्दै गरेको मालवाहक रेल आज बिहान साढे ९ बजे पश्चिम बङ्गाल राज्यमा पर्ने न्यु जलपाईगुडी छेउमा ठोक्किएका दार्जिलिङ जिल्लाका निमित्त प्रहरी प्रमुख अभिशेख रायले जानकारी दिनुभयो ।

रेलका तीन वटा डब्बा लिगबाट बाहिरिएका समाचार संस्था एएफपीले जनाएको छ ।

रेल मन्त्री अश्वनी वैष्णवले दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई १०/१० लाख, गम्भीर घाइतेहरूलाई जनही साढे २ लाख र घाइतेहरूलाई जनही ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रमा भएको रेल दुर्घटनाबाट स्तब्ध भएको उल्लेख गर्नुभएको छ । घटनाको अनुसन्धान भइरहेकोले थप विवरण अनुसन्धानपछि आउने प्रहरीले बताएको छ ।

 

प्रकाशित : 17 June, 2024

प्रतिक्रिया दिनुहोस्