बजेटमाथि छलफल सकिंदै भोलिबाट सम्बन्धित मन्त्रालयले जवाफ दिने

सहयात्रा टिभी

काठमाडौँ । असार ४, प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सकिंदैछ ।

मंगलबार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुँदैछ ।

मंगलबार मन्त्रालयगत छलफल सकिएपछि बुधबारबाट सम्बन्धित मन्त्रालयले जवाफ दिने सम्भावित कार्यसूची छ । बुधबार, बिहीबार र शुक्रबार सम्बन्धित मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेछन् । शुक्रबार नै बजेट पारित गर्ने संसदीय क्यालेन्डर छ ।

गत जेठ १५ गते अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्षको लागि बजेट ल्याएका थिए ।

 

 

प्रकाशित : 18 June, 2024

प्रतिक्रिया दिनुहोस्