आफ्नै निधारमा गोली हानेका संसद भवनका प्रहरी जवानको घटनास्थलमै मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असार ५,आफैँलाई गोली हानेका संघीय संसद भवनमा कार्यरत् नेपाल प्रहरीका जवान अजित गोलेको मृत्यु भएको छ ।

बिहान ६ बजेदेखि ड्यूटीमा बसेका अजितले शौचालय छिरेर गोली हानेका थिए । प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत् रहेका उनले आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेको र घटनास्थलमै मृत्यु भएको प्रहरी स्रोतले बतायो । २२ वर्षीय प्रहरी जवान अजितले दुई नम्बर गेटको शौचालायमा छिरेर गोली हानेका थिए । उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत् थिए ।

 

प्रकाशित : 19 June, 2024

प्रतिक्रिया दिनुहोस्