अछाममा छाउगोठमा बसेकी किशोरी बलात्कृत, एक जना पक्राउ

सहयात्रा टिभी

कैलाली । असार ५,अछामको एक किशोरी छाउगोठमा बलात्कृत भएकी छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ मा १६ वर्षीया किशोरी सोमबार मध्यराति बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

अछामका प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले प्रारम्भिक अनुसन्धानबाट मामा नाता पर्नेबाट किशोरी बलात्कृत भएको बताए । आरोपित १७ वर्षीय किशोरलाई पनि पक्राउ गरिसकिएको उनले जानकारी दिए । प्रहरीले बिहान किशोरी बेहोस अवस्थामा रहेको थाहा पाएको र छानबिन सुरु गरेको जनाएको छ ।किशोरीले राति मामा नाता पर्नेले बलात्कार गरेको प्रहरीलाई बताएकी थिइन् । ‘हामीलाई किशोरी बेहोस भएको जानकारी आएको थियो पछि ती किशोरी होसमा आएपछि बलात्कार भएको कुरा बाहिर आएको हो,’ उनले भन ।

किशोरीमाथि सामूहिक बलात्कार भएको हुन सक्ने समेत प्रहरीले जनाएको छ । उनले आफूमाथि मामा नाता पर्नेले बलात्कार गरेको थाहा पाएको र त्यहाँ अरूको पनि हल्ला सुनेको बयान प्रहरीलाई दिएपछि उनीमाथि सामूहिक बलात्कार समेत भएको हुन सक्ने आधारबाट प्रहरीले अनुसन्धान गरिएको छ । पीडित र आरोपित दुवैको स्वास्थ्य परिक्षण गरिएको तर, रिपोर्ट अझै नआएको प्रहरीले जनाएको छ । किशोरीका आधारमा आरोपितलाई पक्राउ गरिएको र उनीसँग पनि बयान लिइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : 19 June, 2024

प्रतिक्रिया दिनुहोस्