सैनिक अदालतद्धारा महासेनानी दिरेन्द्रकुमार मल्ललाई बर्खास्त

सहयात्रा टिभी

काठमाडौं ।असार ५, नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्तमा परेका छन् । समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार बर्खास्त गरेको हो ।

सैनिक स्रोतका अनुसार उमेरसम्बन्धी विवादमा मल्ललाई दोषी ठहर गर्दै सैनिक अदालतले बर्खास्त गरेको हो । मल्ल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघस्थित नेपाली नियोगका सैनिक सहचारीको रुपमा कार्यरत थिए ।

अमेरिकामै रहेकाले उमेरसम्बन्धी विवादबारे उजुरी परेपछि छानबिनका लागि भन्दैसैनिक मुख्यालय जंगी अड्डाले मल्ललाई फिर्ता बोलाएको थियो । नेपाल फर्किएपछि सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

छानबिनका लागि कोर्ट अफ इन्क्वायरी गठन गरिएको थियो । कोर्ट अफ इन्क्वाइरीपछि सैनिक अदालत पुगेर उक्त मुद्दा टुंगो लगाइएको हो ।

 

प्रकाशित : 19 June, 2024

प्रतिक्रिया दिनुहोस्