कर्मचारीको आन्दोलनबारे सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र अर्थमन्त्रीबीच छलफल

सहयात्रा टिभी

काठमाडौं । असार ६, संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र अर्थमन्त्रीबीच छलफल भएको छ।

सभामुख निवासमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच छलफल भइरहेको हो ।

कर्मचारी आन्दोलनबारे सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग छलफल गरेका थिए ।

आज नै संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ ।

महत्त्वपूर्ण छलफल भइरहेका बेला कर्मचारीले गरेको असहयोगलाई सभामुखले गम्भीरताका साथ लिएको सचिवालयले जनाएको छ ।
संसदका कर्मचारीहरु भत्ता माग गर्दै दुई दिनदेखि आन्दोलित छन् ।

प्रकाशित : 20 June, 2024

प्रतिक्रिया दिनुहोस्