पृथ्वीराजमार्ग स्थित सेराटरमा रहेको फेदीखोला पुल बाढीले बगायो

सहयात्रा टिभी

काठमाडौं । असार ६, पृथ्वीराजमार्ग स्थित सेराटरमा रहेको फेदीखोला पुल बाढीले भत्काउँदा १२ बजेदेखि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ ।

लामो समय यातायात अवरुद्ध हुँदा सवारीसाधनको लामो लाइन लागेको छ भने यात्रुहरूको बिचल्ली भएको छ । यातायात सुचारू हुन समय लाग्ने बताइएको छ ।

उक्त क्षेत्र दमौली खैरेनीटार खण्डमा पर्ने हुनाले राजमार्गको यात्रा गर्दा पोखरा दुइपिप्ले दमौलीखण्ड बाट गर्न प्रशासनले अनुरोध गरेको छ ।

 

प्रकाशित : 20 June, 2024

प्रतिक्रिया दिनुहोस्