दीपेन्द्र सिंह ऐरीले गल्फ जायन्टमा रहेर आईएल टी २० लिग खेल्ने

सहयात्रा टिभी

काठमाडौं । असार ७, नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गल्फ जायन्टमा रहेर आईएल टी २० लिग खेल्ने भएका छन् ।

यूएईको इन्टरनेसनल लिग टी २० मा उनलाई गल्फ जायन्टले टिममा पुनः स्थान दिएको हो । ६ टिम सम्मिलित यस लिगमा गल्फ जायन्टले खेलाडीको नाममा नेपालका अलराउन्डर ऐरीसहित लिस्ट सार्वजनिक गरेको छ ।

ऐरीले यसअघिको सिजनमा पनि गल्फ जायन्टबाट आईएल लिग खेलेका थिए ।

ऐरीले यसअघि स्कटल्यान्डको स्कटिस सुपर टी १० र क्यानडाको ग्लोबल टी २० लिग खेलिसकेका छन् । क्यानडा ग्लोबल टी २० लिगमा उनी सम्मिलित मन्टेरियल टाइगर्स च्याम्पियनसमेत बनेको थियो ।

 

 

प्रकाशित : 21 June, 2024

प्रतिक्रिया दिनुहोस्