श्री एयरलाइन्सले थप्यो ८० सिटको नयाँ जहाज

सहयात्रा टिभी

काठमाडौं । असार ८, निजी क्षेत्रको श्री एयरलाइन्सले अर्को ८० सिटको नयाँ जहाज थपेको छ । श्रीले क्यानडाको तत्कालीन बम्बार्डियर (हाल डि हाभिलैन्ड अफ क्यानडा) कम्पनीमा निर्मित क्यु ४०० ड्यास ८ विमान भित्राएको हो ।

डि हाभिलैन्ड अफ क्यानाडा निर्मित कल साइन ९एन-एओएम को ८० सिटे विमान थपेको हो ।

उक्त विमान अमेरिकाबाट क्यानडा-इजिप्ट-ओमान हुँदै करिब १० हजार ४०० माइलको दूरी पार गरी त्रिभुवन विमानस्थलमा ल्याण्ड गरिएको हो ।

श्री एयरलाइन्सका पाइलटहरूले ३३ घण्टाको उडानपछि शुक्रबार राति १ बजे उक्त विमान काठमाडौंमा ल्याण्ड गरेका हुन् ।

८० सिटको क्यु ४००-८ विमान आरामदायी र सुरक्षित हुनुका साथै कम ध्वनी अनुभूति हुने श्री एयरलाइन्सका प्रवन्ध निर्देशक(कर्पोरेट) अनिल मानन्धरले जानकारी दिए ।

सन् २०१७ देखि सेवा सुरु गरेको श्री एयरलाइन्सले हाल १० विमानहरूबाट देशका विभिन्न ठाउँमा उडान गरिरहेको छ । अब श्रीसँग सातवटा ड्यास ८, सिआरजे २०० र सिआरजे ७०० गरी फिक्स विङ्स जहाजको संख्या ११ पुगेका छन् । यस्तै, श्रीसँग आठवटा रोटर विङ्स (हेलिकप्टर) रहेका छन् । कुल १९ जहाजसहित श्री देशकै सबैभन्दा धेरै जहाज हुने कम्पनी बनेको छ।

प्रकाशित : 22 June, 2024

प्रतिक्रिया दिनुहोस्