खेलकुद परिषदमा रहेका समस्या समाधानमा केन्द्रित रहेको : खेलकुदमन्त्री श्रेष्ठ
सहयात्रा टिभी
काठमाडौं । असार ९, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषदमा रहेका समस्या समाधानमा आफू केन्द्रित रहेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभामा मन्त्रालयको बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
केही सांसदले खेलकुद परिषदमा पञ्चायती व्यवस्था जस्तो देखिएको भन्ने प्रश्न गरेको स्मरण गर्दै उनले भने, ‘‘हामीले पनि अहिले भोगिरहेका छौं ।’
मन्त्री भएपछि आफूले केही तीता अनुभव गरेको उनले सुनाए । पुराना विवादहरु समाधान गरेर बस्नुपरेको उनको दुःखेसो छ ।
अगाडि भन्छन्, ‘२०४७ साल देखिका विवादहरु समाधान गरेर बस्नु पर्या छ । तर, तपाईंहरुजस्तो विद्वान र अनुभव भएको माननीयज्यूहरुले सुझाव दिनुभयो भने आशा गरौं अरु हामीले यसलाई छिट्टै नै समाधान गर्न सक्छौं ।’