केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डीआईजी पोखरेल एआईजीमा बढुवा सिफारिस

सहयात्रा टिभी

काठमाडौं । असार १०, गृहमन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको आज बसेको बैठकले पोखरेललाई जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो । पोखरेललाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप नियम (४) अनुसार सिफारिस गरिएको जनाइएको छ । उनको दरबन्दी नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्साल रहेको छ ।

 

प्रकाशित : 24 June, 2024

प्रतिक्रिया दिनुहोस्