मेलम्चीमा बाढीका कारण सिन्धुपाल्चोकका अस्थायी पुल बगायो

सहयात्रा टिभी

काठमाडौं । असार १०, सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले अस्थायी पुल बगाएको छ । पुल बगाएपछि मेलम्ची दुवाचौर, केउरानी, बरुवा, बाँसखर्कलगायत ठाउँमा ओहोरदोहोर गर्ने गाडी चल्न सकेका छैनन् ।

तीन वर्षअघिको बाढीले पुल बगाएको ठाउँ मेलम्ची नगरपालिका ११ को फट्टेमा बनाइएको अस्थायी पुल गएरातिको बाढीले बगाएको वडा अध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिनुभयो ।

गएराति सिन्धुपाल्चोकमा ठूलो पानी परेपछि बाढी आएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको ढुङ्गेमा एक सय ६० मिलिमिटर पानी परेको छ ।

 

प्रकाशित : 24 June, 2024

प्रतिक्रिया दिनुहोस्