सहकारी छानबिन विशेष समितिको बैठक आइतबार बस्ने

सहयात्रा टिभी

काठमाडौं । असार १४, सहकारी छानबिन विशेष समितिको बैठक आइतबार ११ बजे बोलाइएको छ। आइतबारको बैठकमा डाक्टर युवराज खतिवडा राधाकृष्ण मैनाली, गौरीबहादुर कार्की, र जयकान्त राहुलसँग सल्लाह सुझाव लिने समितिको तयारी छ ।

यसअघि समितिले विभाग सहकारी बोर्ड सहकारी मन्त्री सहकारी विभाग लगायतका निकायसँग छलफल गरिसकेको छ। यस्तै कानुन मन्त्रालयका सचिवहरूसँग पनि समितिले छलफल गरिसकेको छ । यसअघि बुधबारको बैठकबाट समितिले गोर्खा मिडिया नेटवर्क प्रालिको कागजात माग गर्ने निर्णय गरेको समिति सदस्य बद्री पाण्डेले बताएका थिए। बैठकले ९ वटा सहकारीका कागजात र गोरखा मिडियाको विवरण मागेको थियो। गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

प्रकाशित : 28 June, 2024

प्रतिक्रिया दिनुहोस्