स्याङ्जामा पहिरोमा परी आमा–छोरीको मृत्यु
![](https://www.sahayatratv.com/wp-content/uploads/2022/01/sahayatra.png)
काठमाडौं । असार १५, स्याङ्जामा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ । गएराति फेदीखोला गाउँपालिका–५ बाँगेस्थित ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरमा सुतिरहेका बेला घरमाथिबाट पहिरो खसेको थियो । यस्तै घरनजिकै रहेको गोठ पुरिँदा एउटा भैँसी समेत मरेको जनाइएको छ ।