रास्वपाको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव

सहयात्रा टिभी

काठमाडौं । असार १६, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरिएको छ ।

१९ असार बुधबारका लागि डाकिएको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने आफूले प्रस्ताव राखेको महामन्त्री मुकुल ढकालले जानकारी गराए ।

बुधबार डाकिएको केन्द्रीय समिति बैठकमा छलफलको एजेन्डा महामन्त्री ढकालले समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनका सन्दर्भमा छ ।विभिन्न जिल्ला पुगेर शुभेच्छुक कार्यकर्ताका कुरा सुनेर ढकालले प्रतिवेदन तयार गरेका छन् ।

प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइए पनि सार्वजनिक भनि गरिएको छैन । प्रतिवेदनमा उल्लेखित विषयहरू नागरिकलले थाहा पाउनुपर्छ भनेर सभापतिसँग बैठकको प्रत्यक्ष प्रसारणका लागि आग्रह गरेको उनले सुनाए ।

 

 

प्रकाशित : 30 June, 2024

प्रतिक्रिया दिनुहोस्