नागरिक उन्मुक्ति पार्टीे संसदीय दलको नेताबाट रञ्जितालाई हटाइयो

सहयात्रा टिभी

काठमाडौं । असार १७, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता श्रेष्ठ (चौधरी)लाई हटाएका छन् । अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका छन्।

sf7df8f}F, #) kmfu’g
k|ltlglw;efsf] a’waf/ a;]sf] a}7sdf k|wfgdGqL k’iksdn bfxfn …k|r08Úsf] ljZjf;sf] dtsf ;DaGwdf wf/0ff /fVb} gful/s pGd’lQm kf6L{sf cWoIf /l~htf >]i7 . tl:a/ M /Tg >]i7÷/f;;

प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । जसमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी (रेशम चौधरीका बुबा)ले श्रेष्ठलाई दलको नेताबाट हटाएका हुन् । गंगा चौधरीलाई दलको नेता चयन गरेपछि प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिइएको छ ।

लालवीरले भने, ‘पार्टी गलत ढङ्गबाट अगाडि बढ्न खोजेपछि हामीले यो कदम उठाएका हौँ । अब गङ्गारामजी हाम्रो दलको नेता हो भने प्रमुख सचेतकमा साथीहरुले मलाई नै प्रस्ताव गर्नुभएको छ। हामीले निर्णय गरिसकेका छौँ। आजै औपचारिक निर्णय आउँछ ।’ प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि मन्त्रिपरिषद विस्तार गरी रञ्जितालाई मन्त्री बनाउने तयारी गरिरहेका बेला नाउपाका बहुमत सांसदले दलको नेताबाट हटाएका हुन् ।

प्रकाशित : 1 July, 2024

प्रतिक्रिया दिनुहोस्