कांग्रेस पदाधिकारी बैठक बस्दै
![](https://www.sahayatratv.com/wp-content/uploads/2022/01/sahayatra.png)
काठमाडौं । असार १७, नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बस्नेछ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।
बैठकमा केन्द्रीय कायसमिति बैठक, म्याद सकिएका भ्रातृ संगठन, गठन हुन बाँकी विभाग तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत्त तरङ्गित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो।