देउवा निवासमा पदाधिकारी बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । असार १८, नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। नयाँ सरकार गठनबारे छलफल गर्न गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बोलाइएको हो।

देउवा निवासमा बिहान ९ बजे बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।उनले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल हुने बताए । बैठकमा एमालेसँग बनाउन लागेको नयाँ सरकारको बीचमा छलफल हुनेछ ।

प्रकाशित : 2 July, 2024

प्रतिक्रिया दिनुहोस्