एमालेले बोलायो सचिवालय बैठक

सहयात्रा टिभी

काठमाडौं । असार १८,नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजेलाई बैठक तय भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले  जानकारी दिए ।

नेपाली कांग्रेससँग नयाँ सरकार गठनलगायतका विषयमा भएको सहमति कार्यान्वयन बैठकको मुख्य एजेण्डा रहेको छ । कांग्रेससँगको सहमतिलाई बैठकमा औपचारिक रूपमा प्रवेश गराउन र भावी योजना बनाउन बैठक बोलाइएको गौतमले बताए ।

सोमबार मध्यराति एमाले र कांग्रेस नेतृत्वबीच सत्ता सहकार्य, संविधान संशोधनलगायतका विषयमा सहमति भएपछि राजनीतिको कोर्ष फेरिएको छ । एमाले(कांग्रेस सत्ता सहकार्यका लागि मिलेसँगै माओवादी, रास्वपाले पनि रणनीति बनाउन बैठक डाकेका छन् । यही मेसोमा कांग्रेस पदाधिकारी बैठक पनि केहीबेरमा बस्दैछ ।

प्रकाशित : 2 July, 2024

प्रतिक्रिया दिनुहोस्