एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । असार १८, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा (ग्रेडवृद्धि) को समय तालिका सार्वजनिक गरेको छ ।

बोर्डले आज सूचना जारी गर्दै २०८० साल चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार पूरक परीक्षा साउन २३ गतेदेखि साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ ।

एसईईको पूरक परीक्षा तालिका सार्वजनिक, हेर्नुहोस् परीक्षा तालिका –  Pardafas.com

प्रकाशित : 2 July, 2024

प्रतिक्रिया दिनुहोस्