मन्त्रीहरुको नयाँ निवास भैंसेपाटीमा मन्त्रीहरु बस्न सुरु

सहयात्रा टिभी

काठमाडौँ । असार २१, ललितपुरको भैंसेपाटी संघीय मन्त्रीहरुको नयाँ निवासमा मन्त्रीहरु बस्न सुरु गरेका छन् ।

सरकारी र ठेकेदार कम्पनीहरुको उदासीनताका कारण निर्माणमा ढिलाइ भएको नयाँ आवास क्षेत्रमा बल्ल तयार भएका भवनहरुमा २ जना मन्त्रीहरु बस्न थालेका हुन् ।

करिब ३ अर्ब लागतको आयोजनाको काम नसकिए पनि तयार भएका केही भवनहरुमा मन्त्रीहरु बस्न सुरु गरेका हुन् । तीन वटा प्रयोगमा नै आइसके पनि अहिलेसम्म २५ वटा आवासीय भवनको इन्टेरियर तयार भइककेको छैन ।

शहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक मचाकाजी महर्जन भवनको निर्माणको काम सकिएर आवश्यक सामग्री राखेर कोठाहरु सजाउने काम चलिरहेको बताउँछन् ।

उनका अनुसार मन्त्री निवासमा दुई हप्ताअघि वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव भैंसेपाटीको मन्त्री निवासमा बस्न थालेका हुन् ।

२ मन्त्रीबाहेक राष्ट्रिसभाका उपाध्यक्ष बिमला घिमिरे पनि मन्त्री निवासस्थित सरकारी आवासमा सरेको महर्जनले बताए । पुल्चोकमन्त्री निवासबाहिर रहेका मन्त्रीहरूलाई नयाँ आवासमा राखिएको हो ।

 

 

प्रकाशित : 5 July, 2024

प्रतिक्रिया दिनुहोस्